आज २०८२ साल भदौ २० गते शुक्रबारको राशिफल

काठमाडौं ।आज २०८२ साल भदौ २० गते शुक्रबार। भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ५ तारिख। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : चुनौतीहरुलाई पन्छ्याउँदै नयाँ कार्य सम्पादन गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आत्मबलमा वृद्धि हुनेछ। नयाँ व्यापार प्रारम्भ गर्न सफल भइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
बृष : जागिर वा व्यापारमा सफलता मिल्नेछ। आफन्तहरूको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा विवादास्पद समस्याले पछ्याउने छ। अध्यात्म तर्फ रुचि बढ्नेछ। स्वास्थ्यलाई लिएर मनमा चिन्ता रहनेछ। विरोधीहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट :आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।
सिंह : कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन असफल भइनेछ सतर्क भएर कार्य गर्नुहोस्। मधुर व्यवहारले रोकिएका कार्य बन्नेछन्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या : व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ। पहिला लिएको ऋणबाट मुक्ति मिल्नेछ। आयको अनुरूप खर्च गर्नुहोस्। पुराना मित्रहरूसँग भेटघाट हुने सम्भावना रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
तुला : कार्यक्षेत्रमा जीवनसाथीको सहयोग मिल्नेछ साथै नयाँ कार्यशैलीले मनग्य लाभ हुनेछ। आफ्नो स्वास्थ्य मा ध्यान दिनुहोस्। अज्ञात भयले मन ग्रसित रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक : कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनेछ। व्यापारमा मनग्य लाभ मिल्नेछ। सोधेभन्दा बढी सल्लाह दिनबाट बच्नुहोस्। मित्रहरूको माध्यमबाट कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
धनु : सञ्चित धनमा वृद्धि हुनेअछ। कार्यक्षेत्रलाई लिएर यात्रा गर्नुपर्ने सम्भावना रहेको छ। शेयर मार्केटमा लगानी लगाउनु भन्दा अघी अनुभवीजनहरूसँग सर सल्लाह अवश्य लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मकर : पहिला गरेको कार्यबाट शुभ सूचना मिल्नेछ। छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। व्यापारमा थप लगानी लगाउने समय रहेको छ। समाजमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ :व्यापार व्यवसायमा धोका मिल्न सक्ला। राजनीतिक क्षेत्रमा शत्रुहरूले खुट्टा तान्नेछन्। सामाजिक सञ्जालमा बोल्दाखेरि बुद्धिको उपयोग गर्नुहोला। विदेश तर्फबाट शुभ सुचना मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मीन :आर्थिक कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। आजको शुभ रग निलो हो भने शुभ अंक ३ रहेको छ।















कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया