बुधबार, चैत ४, २०८२

साढे ८२ लाख हुन्डीको रकमसहित ४ पक्राउ

मेरोन्यूज २०७८ वैशाख २९ गते १९:२७

पर्सा । प्रहरीले साढे ८२ लाख हुन्डीको रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालय पर्साले ५७ लाख ५० हजार अवैध हुन्डीको रकमसहित भारतको रक्सौल–१८ घर भइ हाल वीरगंज–३ आदर्शनगर पानीट्याङ्की डेरा गरी बस्दै आएका २७ वर्षीय विकास कुमार, रक्सौल–९ का २२ वर्षीय गुडु कुमार, मोतिहारी–५ का १८ वर्षीय साहिल गुप्ता र बाराको महागढीमाई नगरपालिका–४ बस्ने वर्ष १८ का कलामुद्दीन अन्सारीलाई पक्राउ गरेको हो ।

आदर्शनगरको पुरानो बसपार्क नजिकै कालो झोला लिएर गइरहेका अन्सारीलाई प्रहरीले चेक गर्दा २५ लाख अवैध रकम भेटिएपछि प्रहरी विकास कुमारको डेरासम्म पुगेको थियो ।

त्यसपछि डेराबाट थप ५७ लाख ५० हजार अवैध रकम भेटिएपछि चार जनामाथि बैंक तथा वित्तीय कसूरसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया