साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा
मेरोन्यूज
२०८२ भदौ २२ गते १३:५८

काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ ।
शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्याम्पियनसिपका निम्ति २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
टोलीको गोलकिपरमा पेम्बा नोर्बु भोटे, राम बोहोरा र विशेष बानियाँ छन् ।
रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।
मिडफिल्डरमा प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भूपेश लामा, नसिब हेन्जन, सुशान मगर र सुजन स्याङतान छन् ।
फरवार्डमा समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका एन्फाले जनाएको छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । समूहमा नेपालसँगै बंगलादेश र भुटान छन् ।
प्रतियोगिता यही सेप्टेम्बर १५ देखि १७ सम्म हुनेछ ।
सम्बन्धित












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया