एकचोटी चार्ज गरे दुई दिनसम्म चल्ने रियलमी ‘नोट ७०’ नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीकाे नयाँ मोडल नोट ७० नेपाली बजारमा सार्वजनिक भएको छ ।
६३०० एमएएच क्षमताको शक्तिशाली ब्याट्रीसहित आएको यस स्मार्टफोन एकचोटी चार्ज गर्दा दुई दिनसम्म चल्ने विशेषताका कारण चर्चामा छ । कम्पनीका अनुसार यसमा १५ वाट फास्ट चार्जिङ र ६ वाट रिभर्स चार्जिङ सुविधा रहेकोले डाउनटाइम न्यून हुन्छ ।
नोट ७० मा टिकाउपनका लागि मिलिटरी–ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन प्रयोग गरिएको छ । १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने दाबी गरिएको छ । यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र आइपी ५४ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा पनि छ, जसले यसलाई आफ्नो वर्गको सबैभन्दा टिकाउ स्मार्टफोन बनाउँछ ।
७.९४ एमएमको अल्ट्रा–स्लिम बडी र २०१ ग्रामको हलुका फ्रेमसहित आएको नोट ७० डिजाइनका दृष्टिले पनि आकर्षक छ । ९० हर्जको आइ–कम्फर्ट डिस्प्ले ले लामो समय प्रयोग गर्दा पनि आँखामा थकान कम हुने र स्मूथ भिजुअल अनुभव दिने कम्पनीले जनाएको छ ।
फोटोग्राफीका लागि १३ एमपी एआइ क्यामेरा राखिएको छ भने, युनिसोक अक्टा–कोर चिपसेटले स्मूथ मल्टीटास्किङ सुनिश्चित गर्छ । एआइ स्मार्ट एक्सपिरियन्सले प्रयोगकर्ताको व्यवहारअनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउने दाबी गरिएको छ ।
मनोरञ्जनतर्फ, नोट ७० मा ३०० प्रतिशत अल्ट्रा बूम स्पिकर जडान गरिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रोचक बनाउँछ । पल्स लाइट फिचरमार्फत नोटिफिकेशन स्मार्ट र स्टाइलिश प्रकाशमा एक नजरमै देख्न सकिन्छ ।
रियलमी नोट ७० बीच गोल्ड र अब्सिडियन ब्ल्याक रंगमा उपलब्ध छ । ४ जीबीर६४ जीबी मोडलको मूल्य रु १३,९९९ र ४ जीबीर१२८ जीबी मोडलको मूल्य रु १४,९९९ तोकिएको छ ।
शक्तिशाली ब्याट्री, मजबुत संरचना र स्मार्ट फिचरसहित नोट ७० ले नेपालमा एन्ट्री–लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्ने दाबी कम्पनीले गरेको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया