यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियाे

काठमाडौँ। भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।

समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिनुभयो । नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उहाँले बताउनुभयो । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो ।

पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।
















काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया