शिक्षासहित चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दैछन् । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसद सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया