मोरङमा र चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

विराटनगर। शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ । आदेशमा आज बेलुका ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कफ्र्यु आदेश निरन्तर रहेको जनाइएको छ ।
मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । पछिल्लो समयमा मोरङमा थप कुनै अप्रिय घटना नभएको प्रजिअ यादवले जानकारी दिनुभयो । शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।
चितवन जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए ।
उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उहाँले बताए । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया