एमाले स्थायी कमिटि बैठक बालुवाटारमा जारी, माधव पक्षका मागबारे छलफल

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । राष्टपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दिएको आजै अन्तिम दिन कतै माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिई विपक्षी गठवन्धनलाई सहज बनाईदिन सक्छन् की भन्ने आशंकाका वीचमा एमाले स्थायी कमिटिको बैठक शुरु भएको हो ।
बैठकमा माधव नेपाल पक्षका माग सम्वोधन के कसरी गर्न सकिन्छ भन्ने बारेमा विशेष गरी छलफल हुने एक नेताले बताए । नेपालसँग प्रधानमन्त्री ओलीले हिजै साँझ टेलिफानेमा सम्वाद गर्न चाहेको भए पनि नेपालले अनिच्छा देखाएपछि ओलीले विष्णु पौडेल , गोकुल बास्कोटा लगायतका नेतालाई नेपालसँग सम्वादका लागि पठाएका थिए ।

आहिले नेपाल पक्षका माग सम्वोधन गर्ने विषयमा सम्पूर्ण अधिकार ओलीलाई नै दिने गरी बैठकले निर्णय गर्न सक्ने नेताहरुको भनाई छ । सम्भवत आजै माधव नेपालले मानेमा र समय छलफलका लागि उपलब्ध गराएमा प्रधानमन्त्री ओलीले नेपालसँग पनि छलफल गर्न चाहेका छन् ।











आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया