सोसलिष्ट इन्टरनेशनद्वारा देउवा दम्पतीमाथि भएको हमलाको निन्दा

काठमाडौँ । सोसलिष्ट इन्टरनेशनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ ।
विश्वक ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनले वक्तव्यमार्फत जेनजीको प्रदर्शनका क्रममा भदौ २३ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तित्वमाथि भएको भौतिक हिंसाको निन्दा गरेको हो ।
सोसलिष्ट इन्टरनेशनका अध्यक्ष पेद्रो साञ्चेज पेरेज–कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घट्नाक्रमबारे चिन्ता व्यक्त गरेका हुन्।
प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोसलिष्ट इन्टरनेशनले प्रजातान्त्रिक व्यवस्थाअनुसार ढिलाइ नगरी शान्तिपूर्ण संवादबाट निकास हुने अपेक्षाका साथ यस चुनौतीपूर्ण क्षणमा आफ्नो सदस्यसमेत रहेको कांग्रेस पार्टीप्रति ऐक्यबद्धता जनाएको छ ।
















‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया