देउवा निवासमा पुगे जसपाका नेता महन्थ र राजेन्द्र

काठमाडौं । राष्टिपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको समायावधि घर्किनै लाग्दा कांग्रेस सभापति शेरवहादुर देउवाको निवासमा जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पुगेका छन् । देउवा विपक्षी गठवन्धनमा बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कोसिसमा थिए ।
तर जसपाभित्रका महन्थ र राजेन्द्रले समर्थन दिन नसक्ने र तटस्थ बसिदिने निर्णय लिएपछि देउवालाई विपक्षी पार्टीहरुको गठवन्धन निर्माण गरेर बहुमत जुटाउन मुश्किल परिरहेको थियो ।
त्यस्तै एमालेभित्रकै माधव नेपाल पक्षका नेतालाई संसदवाट राजीनामा गराएर बहुमत जुटाउने देउवाको प्रयास पनि सफल हुने नदेखेपछि देउवाले महन्थ र राजेन्द्रसाग अन्तिम चरणमा छलफल गर्न खोजेका हुन् ।
महन्थ र राजेन्द्र जसपामा ओलीसँग नजिक देखिएका नेता हुन् । मंगलवार र वुधबार दुवै दिन दुवै नेता ओलीसँगको सम्वादमा थिए ।
ओलीसँग लामो छलफल पछि दुवै नेताले हिजो बुधबार राष्टपति भण्डारीलाई शित्तल निवासमै पुगेर उपेन्द्र यादवले पठाउने चिठि आधिकारिक नहुने ध्यानाकर्षण गराएर फर्केका थिए ।
प्रधानमन्त्री केपी ओलीले सोमबार सदनमा लिन खोजेको विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि राष्टपतिले संविधानको धारा ७६(२) अनुसार दुई वा दुई भन्दा वढी दलहरुलाई मिलेर बहुमतको सरकार निर्माणका लागि आज बेलुकीसम्म समय दिएकी छिन् ।
यो समयावधिभित्र पनि दलहरुले सरकार गठनका लागि बहुमत जुटाएर दावी पेश गर्न नसके त्यसपछि संविधानको धारा ७६(३) अनुसार सरकार गठनको आह्रवान हुनेछ । त्यो भनेको संसदको ठूलो दलको हैसियतमा एमाले अध्यक्ष समेत रहेका प्रधानमनत्री ओलीलाई नै प्रधानमन्त्री बन्ने बाटो खुल्ने हो ।
ओलीले महन्थ र राजेन्द्रको अडान बुझन र अझै फकाउन सकन्छि की भन्ने प्रयासमा नेताद्दयलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् ।










सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया