देउवा निवासमा पुगे जसपाका नेता महन्थ र राजेन्द्र

काठमाडौं । राष्टिपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको समायावधि घर्किनै लाग्दा कांग्रेस सभापति शेरवहादुर देउवाको निवासमा जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पुगेका छन् । देउवा विपक्षी गठवन्धनमा बहुमत जुटाएर प्रधानमन्त्री बन्ने कोसिसमा थिए ।
तर जसपाभित्रका महन्थ र राजेन्द्रले समर्थन दिन नसक्ने र तटस्थ बसिदिने निर्णय लिएपछि देउवालाई विपक्षी पार्टीहरुको गठवन्धन निर्माण गरेर बहुमत जुटाउन मुश्किल परिरहेको थियो ।
त्यस्तै एमालेभित्रकै माधव नेपाल पक्षका नेतालाई संसदवाट राजीनामा गराएर बहुमत जुटाउने देउवाको प्रयास पनि सफल हुने नदेखेपछि देउवाले महन्थ र राजेन्द्रसाग अन्तिम चरणमा छलफल गर्न खोजेका हुन् ।
महन्थ र राजेन्द्र जसपामा ओलीसँग नजिक देखिएका नेता हुन् । मंगलवार र वुधबार दुवै दिन दुवै नेता ओलीसँगको सम्वादमा थिए ।
ओलीसँग लामो छलफल पछि दुवै नेताले हिजो बुधबार राष्टपति भण्डारीलाई शित्तल निवासमै पुगेर उपेन्द्र यादवले पठाउने चिठि आधिकारिक नहुने ध्यानाकर्षण गराएर फर्केका थिए ।
प्रधानमन्त्री केपी ओलीले सोमबार सदनमा लिन खोजेको विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । त्यसपछि राष्टपतिले संविधानको धारा ७६(२) अनुसार दुई वा दुई भन्दा वढी दलहरुलाई मिलेर बहुमतको सरकार निर्माणका लागि आज बेलुकीसम्म समय दिएकी छिन् ।
यो समयावधिभित्र पनि दलहरुले सरकार गठनका लागि बहुमत जुटाएर दावी पेश गर्न नसके त्यसपछि संविधानको धारा ७६(३) अनुसार सरकार गठनको आह्रवान हुनेछ । त्यो भनेको संसदको ठूलो दलको हैसियतमा एमाले अध्यक्ष समेत रहेका प्रधानमनत्री ओलीलाई नै प्रधानमन्त्री बन्ने बाटो खुल्ने हो ।
ओलीले महन्थ र राजेन्द्रको अडान बुझन र अझै फकाउन सकन्छि की भन्ने प्रयासमा नेताद्दयलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् ।
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया