दुई ट्रकसहित ५ हजार किलो गाँजा बरामद

धरान (सुनसरी) । सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच हजार किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट खटिएको टोलीले आज बिहान करिब १ः०० बजे उक्त गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक अशोक नेउपानेको नेतृत्वमा खटिएको २१ जनाको टोलीले दुई ट्रकबाट गाँजा फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीरजंग थापाले जानकारी दिए ।
ना४ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा५ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १५८ बोरा गाँजा बरामद गरिएको छ । प्रहरी देखेपछि घटनास्थलबाट संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी भइरहेको प्रवक्ता थापाले बताए।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
















सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया