सोमबार, फागुन २५, २०८२

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

मेरोन्यूज २०८२ भदौ ३० गते ६:३४

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १५ तारिख। सोह्र श्राद्धको नवमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

Advertisement
nepal life insurencenepal life insurence

मेष : कार्यक्षेत्रमा सफलता मिल्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। आर्थिक सञ्चयको प्रवृत्तिले नँया कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

वृष :सरकारी क्षेत्रमा नयाँ अवसर मिल्नेछ। मानसिक ऊर्जामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उन्नतिका योग छन्। अति आत्मविश्वासले व्यापारमा नोक्सानी खेप्नुपर्ला सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन : योजनाहरू सार्वजनिक नगर्नुहोस् नत्र समस्यामा पर्न सक्नु हुन्छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। शरीरमा आलस्य वा थकानको अनुभूति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट : व्यापार व्यवसायमा जिद्दीपनले गर्दा समस्या निम्त्याउन सक्छ सचेत रहनुहोस्। सौन्दर्यको सामानमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

सिंह : लगनशीलताले अध्ययनमा प्रगति हुनेछ। अनुभवलाई निखार्ने समय रहेको छ। पिताको सहयोग मिल्नेछ। सेवामूलक कामले समाजमा प्रतिष्ठित गराउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कन्या : परिवारमा मित्रको सहयोगले सोचेका काम बन्नेछन्। सामाजिक कार्यमा रुचि बढ्नेछ। सामाजिक वा सांस्कृतिक समारोहमा सहभागी भइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला : अनावश्यक खर्चले मानसिक तनाव बढ्नेछ। विदेशतिर ताक्नेहरूको लागि नयाँ अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक : व्यापारलाई लिएर छोटो र लाभदायी यात्रा होला। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवन साथीको कुरालाई वेवस्था नगर्नुहोस्। व्यवहार कुशलताले अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु : तनाव र आलस्यले मनमा निराशा छाउनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा भागदौड धेरै गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर : कार्यक्षेत्रमा सहकर्मीहरूको साथ पाइनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। कार्य समयमा सम्पादन हुनाले नयाँ योजनातर्फ मन जानेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ : परिस्थितिवस अवसरलाई पछ्याउन नसक्दा पछाडि परिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। जग्गा जमीनबाट लाभार्जन गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन :विपरीत परिस्थितिमा पनि आफूलाई सकारात्मक राख्नुहोस्। रोकिएका कार्य प्रारम्भ हुनेछन्। विपरित वर्गप्रति आकर्षण बढ्नेछ। राजनीतिमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

प्रतिक्रिया