बुधबार, मंसिर ३, २०८२

गोकुल बास्कोटाले भने– पार्टीलाई छिटो पुनर्गठन गरौँ

मेरोन्यूज २०८२ भदौ ३० गते १२:०९

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

बास्कोटाले आज सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएका हुन् । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि उनकाे यस्ताे प्रस्ताव आएकाे हाे।

‘अप्रिय लाग्ला तर, सत्य यही हो कि दलबिना गणतन्त्र बाँच्दैन र गणतन्त्रबिना समाज । समय परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनै पर्छ’, उनले भनेका छन् ।

यस्तो छ उनको स्टाटस् :

अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज । समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ ।

प्रतिक्रिया