गृहमन्त्री अर्यालले सम्हाले कार्यभार, यस्ताे छ पहिलाे निर्णय
मेरोन्यूज
२०८२ भदौ ३० गते १४:०७

काठमाडाैं । गृहमन्त्री नियुक्त ओमप्रकाश आर्यालले आफ्नो कार्यभार सम्हालेका छन्। शीतल निवासमा शपथ लिएपछि सिंहदरबारस्थित मन्त्राालयमा पुगेर उनले पदभारग्रहण गरेका हुन्।
पदभार सम्हाल्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । साथै उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
यसैगरी, आन्दोलनमा मृतकका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीकाे छ । शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने निर्णय पनि गरिएको छ ।
सम्बन्धित
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया