महाराजगञ्ज प्रहरीलाई युनिभर्सल टूर्स एण्ड ट्राभल्सद्वारा उपकरण सहयोग

काठमाडौं । युनिभर्सल टूर्स एण्ड ट्राभल्स (UTT) ले हालैको दुखद घटनाबाट प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै महाराजगञ्जस्थित नेपाल प्रहरी कार्यालयलाई आवश्यक उपकरण हस्तान्तरण गरेको छ।
कम्पनीले प्रहरी कार्यालयलाई ४ वटा डेस्कटप कम्प्युटर, १ वटा ल्यापटप र २ वटा प्रिन्टर उपलब्ध गराएको हो। यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास लिइएको छ।
कार्यक्रमका अवसरमा कम्पनीका प्रबन्ध निर्देशक पराशर प्रसाईले प्रहरी कार्यालयको भुइँतला र कारागार खण्डको तत्काल मर्मत तथा स्तरोन्नति कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने संस्थाहरूप्रति निजी क्षेत्रले सहयोग गर्नु हाम्रो सामाजिक दायित्व र उत्तरदायित्व दुवै हो।”
यसै अवसरमा युनिभर्सल टूर्स एण्ड ट्राभल्सले हालैको विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै आगामी दिनमा पनि समुदाय र राष्ट्रिय संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया