नेपाल बङ्गलादेशसँग पराजित
मेरोन्यूज
२०८२ असोज २ गते २१:५३

कोलम्बो । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले स्तब्ध भएको हो ।
कोलोम्बो रेसकोर्समा भएको खेलमा हारसँगै नेपाललाई सेमिफाइनल यात्रा अर्को खेलको नतिजामा निर्भर बनेको छ।
नेपालले यसअघि श्रीलंकालाई २–० ले हराउँदै तीन अंक जोडेको थियो। तर समूह ‘ए’ मा बंगलादेशसँग अंक बराबरी भए पनि नेपालले दुई खेल सकाइसकेको छ भने बंगलादेशले अझै श्रीलंकासँग खेल्न बाँकी छ।
बंगलादेशका लागि खेलको ३०औं मिनेटमा मो. सबिर इस्लामले पहिलो गोल गरे। दोस्रो हाफमा बंगलादेशले थप तीन गोल थप्यो । उसका लागि ४९औं मिनेटमा अपु रहेमान, ५०औं मिनेटमा मो आरिफ र ६६औं मिनेटमा मो मानिकले गोल गरे ।
अब नेपालको सेमिफाइनल यात्रा बंगलादेश–श्रीलंका खेलको नतिजा पर्खनु पर्नेछ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया