रास्वपामा तोसिमा कार्कीले गरिन् नेतृत्व रुपान्तरणको प्रस्ताव

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले नेतृत्व रुपान्तरणको प्रस्ताव अघि सारेकी छन् । कार्यबाहक सभापति डीपी अर्यालमार्फत उनले संस्थापक सभापति रवि लामिछानेसँग पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी हुन् ।
‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनदत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रीय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठूलो आशा र भरोसापूर्वक हेरिरहेका छन्। तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसात गर्नैपर्छ। अझै यो वर्तमान संवेदनशील परिस्थितिमा हामीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेटसहित अघि बढ्न मुख्य शक्तिको रुपमा पार्टीलाई विकास गर्नुपर्नेछ। यसका लागि हामीले यथाशीघ्र केही महत्त्वपूर्ण निर्णय र कार्यहरू गर्नुपर्नेछ। यसैमा आफ्ना केही धारणा निम्नानुसार पेस गरेकी छु,’ उनले प्रस्ताव अघि सार्दै भनेकी छन्।
पहिलो बुँदामा उनले जेन–जी विद्रोहपछिको अवस्था, यसले सिर्जना गरेको पीडा र भविष्यलाई सम्बोधन गर्नुपर्ने बताएकी हुन्।
‘सुशासनको पक्षमा र भ्रष्टाचारको विरूद्धमा उभिएको जेन जी क्रान्तीमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७२ जनाको निधन, १ हजार भन्दा बढी घाइते र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण देशलाई भएको अकल्पनीय क्षतिका कारण नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ। यस्तो अवस्थामा हामीले जेनजी मात्रै होइन जेन अल्फा समेतका भावनालाई समावेश गर्ने गरी राष्ट्रका सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ,’ उनको प्रस्ताव छ।

















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया