रास्वपामा तोसिमा कार्कीले गरिन् नेतृत्व रुपान्तरणको प्रस्ताव

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले नेतृत्व रुपान्तरणको प्रस्ताव अघि सारेकी छन् । कार्यबाहक सभापति डीपी अर्यालमार्फत उनले संस्थापक सभापति रवि लामिछानेसँग पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी हुन् ।
‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनदत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रीय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठूलो आशा र भरोसापूर्वक हेरिरहेका छन्। तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसात गर्नैपर्छ। अझै यो वर्तमान संवेदनशील परिस्थितिमा हामीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्याण्डेटसहित अघि बढ्न मुख्य शक्तिको रुपमा पार्टीलाई विकास गर्नुपर्नेछ। यसका लागि हामीले यथाशीघ्र केही महत्त्वपूर्ण निर्णय र कार्यहरू गर्नुपर्नेछ। यसैमा आफ्ना केही धारणा निम्नानुसार पेस गरेकी छु,’ उनले प्रस्ताव अघि सार्दै भनेकी छन्।
पहिलो बुँदामा उनले जेन–जी विद्रोहपछिको अवस्था, यसले सिर्जना गरेको पीडा र भविष्यलाई सम्बोधन गर्नुपर्ने बताएकी हुन्।
‘सुशासनको पक्षमा र भ्रष्टाचारको विरूद्धमा उभिएको जेन जी क्रान्तीमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७२ जनाको निधन, १ हजार भन्दा बढी घाइते र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण देशलाई भएको अकल्पनीय क्षतिका कारण नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ। यस्तो अवस्थामा हामीले जेनजी मात्रै होइन जेन अल्फा समेतका भावनालाई समावेश गर्ने गरी राष्ट्रका सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ,’ उनको प्रस्ताव छ।

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया