ठाकुर र महतो पक्षका सांसद भक्तपुरको रिसोर्टमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटपछि ठाकुर र महतो पक्षले आफ्नो पक्षका सांसदलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगेर राखेको जनाइएको छ । जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मत दिएका थिए भने ठाकुर र महतो पक्ष तटस्थ रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि आज बेलुका ९ बजेसम्मको समय दिएकी थिइन् ।
उक्त रिसोर्टमा ठाकुर र महतो पक्षका १९ जना सांसद रहेको बताइएको छ । सांसदको संख्या अझै बढ्ने र उपेन्द्र पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत पुग्न नदिने प्रयास भइरहेको जनाइएको छ । जसपामा हाल ३२ सांसद रहेकोमा ठाकुर पक्षमा १९ सांसद देखिएका छन् ।
















सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया