पशुपतिमा नवरात्री महोत्सव

काठमाडौँ। बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ ।
उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उनले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे। यसअघि गुहेश्वरीबाट बागमतीसम्म कलशयात्र गरिएको थियो । उद्घाटनका अवसरमा महाआरती विशेष गरिएको थियो ।
प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकृतन गरिनेछ । यसैगरी, घटस्थापना सुरु भएसँगै देशभरिका नवदुर्गा भगवतीका मन्दिरलाई रङरोगनसहित झिलीमिली बनाइन थालिएको छ । अहिले सहर, बजारदेखि गाउँघरमा दसैँका लागि भन्दै घर पोत्ने र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ ।
मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।










जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
Chitwan Rhinos beats Karnali Yaks by four wickets, Bopara hits half-century
जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बढ्यो पेट्रोल र डिजेलको मूल्य
प्रतिक्रिया