बेनीमा कपडा बैङ्क सञ्चालन

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैङ्क स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैङ्क स्थापना गरिएको हो ।
बैङ्कबाट गरिब तथा अतिविपन्न परिवार, प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएकालाई दसैँ, तिहारलगायत चाडपर्वको समयमा कपडा उपलब्ध गराउने बेनी नगरपालिका–७ का वडा सदस्य विश्वास श्रेष्ठले बताए ।
लायन्स र लियो क्लब अफ बेनी लभ्लिहिलका प्रतिनिधिहरुले सोमबार बेनीमा घरदैलो गरेर बैङ्कका लागि आवश्यक पर्ने कपडा सङ्कलन गरेर वडा कार्यालयलाई उपलब्ध गराएका छन् । पहिलो दिन दुईवटा बोलेरो गाडीमा अटाउने कपडा सङ्कलन भएको लायन्स क्लब अफ बेनी लभ्लिहिलका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।
“घरदैलोका क्रममा बजारवासीहरुले प्रयोगमा नभएका लगाउन योग्य तथा फेन्सी व्यवसायीहरुले नयाँ कपडा पनि उपलब्ध गराउनुभएको छ,” उनले भने, “चाडपर्वको समयमा गरिब विपन्नलाई न्यास्रो नहोस् भनेर थप कपडा जुटाएर एक÷दुई दिनमा वितरण गर्छौं ।”
आवश्यक पर्नेले वडा कार्यालयमा आएर आफूखुसी रोजेर लुगा लैजान पाउनेछन् । वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, अशक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।
प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहे पनि सफा र प्रयोग गर्न मिल्ने कपडा बजारवासीले उपलब्ध गराएका छन् । जाडो मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्य पनि कपडा बैङ्क स्थापना गर्नु रहेको छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया