ओली र नेता नेपालबीचको वार्ता सकियो, एमाले मिलनको नजिक

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । व्यवसायी क्याप्टेन रामेश्वरको घर बुढानिकण्ठमा बसेको दुई नेताबीचको भेटवार्ता सकिएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेपालले दुई नेताबीच मिल्ने हिसाबले अगाडि बढ्ने सहमति भएको बताए । उनले भने, “ओली पक्षले गत फागुन २८ गते गरेका निर्णय फिर्ता लिने, एमाले २०७५ जेठ २ गतेको अवस्थामा जाने विषयमा कुरा भयो ।” वार्ता सहमति नजिक पुगेकाले सांसद् पदबाट तत्काल राजिनामा नदिने उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिदैछ । यही वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका थिएनन् । नयाँ सरकार गठनका लागि विपक्ष गठबन्धन लागेको गियो । तर, बहुमत नपुग्ने देखिएपछि सरकार गठन गर्न नसकिने निष्कर्षमा पुगेको छ । सबैभन्दा ठुलो दलको रुपमा ओली नै प्रधानमन्त्री हुने सम्भावना रहेको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया