तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक पुर्णरुपमा सञ्चालनमा
मेरोन्यूज
२०८२ असोज १० गते ७:३८

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो पन्छाएसँगै केहीबेर अघिदेखि दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो । सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
मङ्गलबार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् । सडकमा गत एक सातादेखि मालबाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समयमा पार भएका थिए ।
सम्बन्धित













भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया