साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौँ । साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो ।
जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक/एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे ।
नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो । त्यसैगरी भारतले भने समूह चरणका तीनवटै खेल जितेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको भारतले त्यसपछि भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया