जेनजी प्रदर्शनका क्रममा कामपामा ६३ लाखको क्षति

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिकाले रु ६३ लाखको क्षति भएको छ । कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा-३२ को वडा कार्यालय भवन अधिक क्षति भएको छभने वडा १३ मा आंशिक क्षति भएको छ ।
कामपा-३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उहाँले बताउनुभयो । सहायक प्रवक्ता काफ्लेका अनुसार कामपा-६ को वडा कार्यालय, वडा नं ७ मा आंशिक रूपमा क्षति भएको छ । बग्गी खानामा रहेको नगरप्रहरी बिट पूर्ण रूपमा क्षति भएको बताउँदै उहाँले मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रमा रहेको कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।
कामपाले प्रदर्शनका क्रममा क्षति भएका र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सरसफाइ, मर्मत र रङरोगनको काम गरिरहेको प्रवक्ता काफ्लेले बताए । उनका अनुसार प्रदर्शनका क्रममा टुटफुट भएका विद्युतीय सामग्रीहरू खरिद गर्ने काम पनि आवश्यकताअनुसार भइरहेको छ । कामपा-३२ वडा कार्यालयबाट कहिले नागरिकलाई सेवा प्रदान गर्न सकिन्छ भन्ने विषय अझै अन्यौल रहेको उहाँले जानकारी दिए ।














भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया