आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस

बागलुङ– विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना भएको निसीभूजी जनता क्याम्पस आर्थिक अभावमा गुज्रिदै आएको छ ।
सरकारी निकायबाट पार्यप्त बजेट नपर्दा क्याम्पस सञ्चालनमा समस्या भएको हो । समुदायबाट चन्दा सङ्कलन गरेर सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थीसमेत घट्दै गएका छन् । ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ विसं २०४८ मा स्थापना भएको क्याम्पसमा ग्रामीण क्षेत्रका विद्यार्थी मात्रै अध्ययन गर्दै आएका छन् ।
पश्चिम बागलुङको एकमात्रै क्यापसका रुपमा रहेको यस क्याम्पस आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा समस्या पर्दै आएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए ।
क्याम्पसको आन्तरिक स्रोत निकै कम र सरकारी निकायबाट सहयोग नमिल्दा सञ्चालनमा समस्या भएको उनको भनाइ छ । क्याम्पस सञ्चालनका लागि मासिक चार लाख ५० हजार खर्च हुने भन्दै आम्दानी निकै न्यून रहेको क्याम्पस प्रमुख आचार्यले बताए ।
क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्रै हो । ढोरपाटन नगरपालिकाले नौ लाख ६० हजार अनुदान दिए पनि अन्य निकायबाट सहयोग नपाएको उनको गुनासो छ । अहिले क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन १२० जना विद्यार्थी रहेको भन्दै उनीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उनको भनाइ छ । हाल आंशिक २२ र पूर्णकालीन दुई जना गरी २४ प्राध्यापक कार्यरत रहेको सुनाउँदै तलब खुनाउन निकै समस्या हुने गरेको क्याम्पस प्रमुख आचार्यले बताए ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले पश्चिम बागलुङका निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताए ।
चार वटै पालिकाको केन्द्रमा पर्ने यो क्याम्पसलाई ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनसो छ । बजेट अवभामा राम्रो शिक्षक राख्न नसकेको भन्दै केन्द्र र प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गर्दै आएको अध्यक्ष न्यौपानेले बताए ।
जिल्ला अन्य क्याम्पस विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुग्दा निसीभूजी जनता क्याम्पसमा भने विद्यार्थीको कमी छैन । क्याम्पसको आर्थिक स्रोत केही नहुँदा विद्यार्थीले महँगो शुल्क तिर्नुपर्ने अवस्था छ ।














उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया