अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

काठमाडौं– नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ ।
अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउतलाई आज सम्मान गरिएको हो । श्रीलंकामा भएको दक्षिण एसियाली फूल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा स्वर्ण पदक जितेका सनि सिंह, जापानमा भएको तेजुका कप फूल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कास्य विजेता दावा शेर्पा र थाइल्याण्डमा भएको १२औँ विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेञ्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापितलाई पनि सम्मान गरिएको छ ।
त्यस अवसरमा नेपाल फूल कन्ट्याक्ट कराते महासङ्घका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बूढाथोकीलाई पनि सम्मान गरिएको थियो ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया