कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैन : कांग्रेस

काठमाडौँ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुने जानकारी दिएका हुन् ।
विसं २०३३ मा जननायक बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदानप्रदान गर्दै आएको थियो ।
कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,“चाडवाडको समयमा समग्र मुलुकका नागरिक शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालयसमेत आगजनी गरी ध्वस्त पारिएको अवस्थामा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ ।”
आम नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकाले कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगर्ने कांग्रेसले जनाएको छ ।
















इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया