बुधबार, मंसिर १०, २०८२

११.५१ अंकले बढेर बन्द भयो सेयर बजार 

मेरोन्यूज २०८२ असोज १२ गते १७:३५

काठमाडौँ । दसैँ बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार सेयर बजार ११.५१ अंकले बढेर बन्द भएको छ ।

आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने ३ अर्बमा सीमित भएको हो ।अन्तरिम सरकारले पूँजीबजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त, कार्यदलले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने काममा सेयर बजारको एकल ग्राहक सीमा हटाउन सुझाएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेपछि एक वर्ष ‘होल्ड’ गर्नुपर्ने व्यवस्था तत्काल हटाउन सुझाव दिएको छ । कार्यदलले सेयर बजार सुधार हुने गरी तत्काल, मध्यकाल र दीर्घकाल गरी बजार सुधारका सुझाव दिएको छ ।

कार्यदलले दिएका सुझाव सरकारले कार्यान्वयन गरेको खण्डमा बजार बढ्ने अपेक्षा लगानीकर्तामा छ । त्यसले गर्दा पनि बजार सकारात्मक भएको हो ।

प्रतिक्रिया