सुनमाया बनिन् विश्व ‘ट्रेल रन’की उपविजेता

काठमाडौँ। विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् । बुढाले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन् ।
सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्टभन्दा २६ मिनेटले पछि परिन् । तेस्रो संस्करणको यस प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलोपटक विश्व एथ्लेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्स मिलेर सहकार्य गरेका थिए । प्रतियोगितामा ८० देशका एक हजार ७०० खेलाडी सहभागी थिए ।
यो हालसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ । नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो । ८२ किलोमिटर लामो ट्रेलमा सुमन ३२औँ स्थानमा र मनकुमारले ३६औँ स्थानमा रहँदै दूरी पार गरेका छन् । सङ्घका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताएका छन् ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया