सोमबार, फागुन २५, २०८२

आज २०८२ साल असोज १७ गते शुक्रबारको राशिफल

मेरोन्यूज २०८२ असोज १७ गते ६:२३

काठमाडौं – आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

Advertisement
nepal life insurencenepal life insurence

मेष :पारिवारिक सम्बन्धमा सुमधुरता बढ्नेछ। अधिकारीहरूको सहयोगले कार्य समयमा पूरा हुनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृष : कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन : प्रभावशाली व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। नयाँ लगानी लगाउनु भन्दा अघि विषयको बारेमा पूरा जानकारी राख्नुहोला। आर्थिक स्थिति सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कर्कट : लगनशीलताले लक्ष्य पूरा गर्न सकिनेछ। पारिवारिक व्यस्तताले कार्यसमयमा सम्पादन नहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह : आर्थिक पक्षमा जोखिम लिनु नोक्सानदाई रहन सक्छ। विद्यार्थीहरूको साथीभाईहरूसँग रमाइलो समय व्यतीत हुनेछ। रोजगारीको क्षेत्रमा नयाँ बाटो खुल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या : सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला :बचतले आर्थिक पक्षमा सफलता मिल्नेछ। परिवारमा जग्गा जमिनलाई लिएर विवाद थियो भने सुल्झिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक : निजी सम्बन्धमा आत्मीयता बढ्नेछ। अरुको वादविवादमा आफू अगाडि नबढ्नुहोला। स्वास्थ्यमा सुधार आउनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

धनु : मित्र र घरपरिवारबाट सहायता मिल्नेछ। गुप्त शत्रुहरूले समस्यामा पार्न सक्छन्। परीक्षाको तैयारीमा बाधा आउनेछ। संचित धनमा वृद्धी हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर : कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ। व्यवहार कुशलताले अरुको मन जित्न सकिनेछ। आत्मविश्वासमा वृध्दि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ : कार्यक्षेत्रमा सम्झौता गर्नुपर्ला। घरको सजावटमा धन खर्च हुनेछ। स्वास्थ्यलाई लिएर सावधान गर्नुहोला। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन : चिताएका कार्य पूरा गर्न सकिनेछ। प्रतिक्षित नतिजा प्राप्त गर्न दोहोराएर कार्य गर्नुपर्ला। दिन लाभदायी एवं मनोरञ्जनपूर्ण रहनेछ। आफन्तको साथ मिल्नाले मनमा उत्साह जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

प्रतिक्रिया