मंगलबार, मंसिर २, २०८२

कङ्कालिनी भगवती मन्दिरमा ५९० वटा राँगाको बली

मेरोन्यूज २०८२ असोज १७ गते ७:२४

राजविराज (सप्तरी)। बडादसैँको अवसरमा यस वर्ष सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिमा ५९० वटा राँगाको बली चढाइएको छ । विजया दशमीको अवसरमा उल्लेख्य सङ्ख्यामा राँगोको वली दिइने उक्त मन्दिरमा नेपाली एवं छिमेकी भारत विहारका श्रद्धालुभक्तजनसमेतको बाक्लो उपस्थितिमा हरेक वर्ष मेला लाग्ने गर्दछ ।

सो मन्दिरको राँगा दर्ता डायरी फाटमा कार्यरत शम्भुकुमार मण्डलका अनुसार गत वर्ष ६१८ वटा राँगाको बली दिइएको थियो । मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका वीरेन्द्र माझीको राँगाको सुरुमा बली दिइएको थियो ।

कङ्कालिनी नगरपालिका–१ का अध्यक्ष सुरेन्द्र मण्डलका अनुसार त्यसपछि देशका विभिन्न ठाउँ र भारतको बिहार राज्यबाट ल्याइएका पशुहरुको बली दिइएको थियो ।

प्रतिक्रिया