आइतबार बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको छ । आइतबार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए।
अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने गरी तय गरिएको छ । कार्यालय सचिव डा अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने छ ।
यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो । यसैबीच पार्टी महासचिव शङ्कर पोखरेलले आज सन्देश जारी गरी वर्षाका कारण बाढीपहिरो र डुबानमा राज्यका निकायसँग सहकार्य गरी उद्धारमा खट्न नेता कार्यकर्तालाई अनुरोध गरेका छन्।
“भारी वर्षाका कारण बाढीपहिरो र डुवान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौँ । साथै, आवश्यकताअनुसार राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई विशेष अनुरोध छ”, उनले भने।










एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया