टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
बुधबार अल अमेरतमै भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको शानदार पारी खेले भने गुल्सन झाले ६ बलमा २० रन जोडे। दीपेन्द्रसिंह ऐरी २० र कप्तान राेहित पौडेलले १६ रन थपे।कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट हात पारे।















गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन
एमालेको राजधानी विशेष कमिटीको घोषणा
रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया