पर्सामा नौ सय ६३ उद्योग दर्ता

वीरगञ्ज (पर्सा)। पर्सामा गत आर्थिक वर्षमा ९६३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८०÷८१ को तुलनामा गत आवमा ६६ वटा बढी घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । आव २०८०÷८१ मा भने ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारले जिल्लामा घरेलु तथा साना उद्योग दर्तामा उत्साहजनक रहेको जानकारी दिए ।
“यहाँका महिला तथा पुरुषले नयाँ उद्यमशीलताको विकासको लागि अग्रसरता देखाइरहनुभएको छ”, उनले भने, “आर्थिक नगरी भएकाले पनि नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।” कार्यालयका अनुसार गत आवमा पर्सामा वाणिज्यतर्फ ७५८ जना उद्योग दर्ता भएका छन् ।
गत आवमा प्राइभेट फर्म दर्तातर्फ उद्योगमा ८८८ वटा, साझेदारी उद्योगतर्फ १५ वटा र प्राइभेट लिमिटेडतर्फ ६० नयाँ उद्योग दर्ता भएका हुन् । गत आवमा प्राइभेट फर्म दर्तातर्फ वाणिज्यमा सात सय ५३, साझेदारी फर्म दर्तातर्फ पाँच रहेका छन् । प्रमुख उद्योग अधिकृत पञ्जीयारका अनुसार गत आवमा उद्योगतर्फ एक हजार ५९८ वटा फर्मले नवीकरण गरेका छन् । वाणिज्यतर्फ एक हजार ३९२ वटा फर्मले नवीकरण गरेका छन् । गत आवमा २१० उद्योगको दर्ता खारेजी भएको छ ।
















President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया