बिहीबार, मंसिर ११, २०८२

आज असोज २४ गते शुक्रबारको राशिफल, तपाइकाे आजकाे दिन कस्ताे रहला ?

मेरोन्यूज २०८२ असोज २४ गते ६:४७

काठमाडौं । आज २०८२ साल असोज २४ गते शुक्रबार । कात्तिक कृष्ण पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष :मानसम्मानमा वृद्धि हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यशैलीमा सुधार आउनेछ। साथीभाइहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष :घरमा मांगलिक कार्यले गर्दा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। विद्यार्थी वर्गहरू अध्ययनमा आफ्नो ध्यान केन्द्रित गर्नुहोला। ऋण दिनु भएको छ भने फिर्ता लिन गाह्रो हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन : नँया योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट : जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ। फजुल खर्चबाट बच्नुहोस्। पिताको सहयोगले रोकिएका कार्य बन्नेछन्। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह : कर्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ। प्रतिष्ठित मान्छेहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या : आफन्तहरूको आगमनले ग्रहणिहरूको काम बढ्नेछ। वाणिमा नियन्त्रण राख्नुहोस्। शत्रुहरू सक्रिय रहनेछन् | अवसरको खोजीलाई लिएर दौडधुप गर्नुपर्ला |आजको शुभ रंग केशरि हो भने शुभ अंक ४ रहेको छ।

तुला : सझेदारी व्यापारमा लाभ हुनेछ। प्रशासनिक क्षेत्रका मामलाहरू सुल्झिनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। वित्तिय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु : महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग पाइएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेकोछ।

मकर : सन्तानको करियरलाई लिएर चिन्ता रहनेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ : सक्तिशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। आफुभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मीन :नयाँ लगानी लगाउनुभन्दा अघि माननीयजनहरुसँग सल्लाह लिनुहोस्। रोकिएका कार्य मित्रहरूको सहयोगले सम्पादन हुनेछन्। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

प्रतिक्रिया