सङ्कटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज एक भिडियो सन्देश जारी गर्दै भनेकि छन्, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ ।
उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौँ ।” नेपालका जेनजी युवाले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रधानमन्त्रीले जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्न जरुरी रहेको बताएकी छिन्। “हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मूलन भएको हेर्ने चाहना छ”, प्रधानमन्त्रीले सन्देशमा भनेकि छिन्, “युवापुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ ।”
प्रधानमन्त्री कार्कीले विगतका सरकारले युवाको आवाज सुन्न नसकेको र उनीहरूको माग सम्बोधन गर्न नसकेको उल्लेख गर्दै सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने स्पष्ट पारिन् । “एकातिर हाम्रा युवामा निराशा व्याप्त छभने अर्कातर्फ देशप्रति उत्कट प्रेम । उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु”, प्रधानमन्त्रीले भनेका छन् । सरकारले पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको बताए ।
उनले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । युवापुस्ताले चाहेको परिवर्तनप्रति आफू प्रतिबद्ध रहेको र नयाँ मार्गमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि पनि युवाहरूको माग सम्बोधनका लागि निरन्तर प्रयास हुनुपर्र्नेेमा जोड दिइन्। “जेनजीले उठाएका मागप्रति सबै युवा सचेत हुन जरुरी छभने राजनीतिक दलहरूले आफूलाई सुधार गर्न पनि जरुरी छ”, प्रधानमन्त्रीले भनेका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल समेत गरे। “दुःखद् घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ”, प्रधानमन्त्री कार्कीले भने, “वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकारले पनि युवाको सपना साकार पार्न र समृद्ध नेपाल बनाउन ठोस कदम चाल्ने छ ।” सङ्कटको समयमा सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले थप भने, “हामी शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्मको प्रयास गर्नेछौँ । मलाई आशा छ, सङ्कटको यो घडीमा हामी सबै एक भएर अघि बढ्नेछौँ ।”
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिक्रिया