विराटनगर किंग्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता घोषणा

काठमाडौं । विराटनगर किंग्सले कोसी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।
कोसी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यू–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टी–२० फर्म्याटमा खेलाइनेछ । प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ । प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दिएको छ ।
विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार, यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ ।
चौधरीका अनुसार, डेभलपमेन्ट स्क्वाडमा चयनित खेलाडीहरूले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षण का अवसर प्राप्त गर्ने छन् । साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन् ।
विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले सधैँ युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया