मंगलबार, वैशाख १५, २०८३

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

मेरोन्यूज २०८२ असोज २६ गते १८:४९

बैतडी । बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।

Advertisement
NiccNicc

पक्राउ पर्नेमा पाटन नगरपालिकाका-६ भडालीका १९ वर्षीय रोहित लुहार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार जबरजस्ती करणी गरेको भन्दै किशोरीले उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले लुहारलाई आइतबार पक्राउ गरेको हो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया