कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट

ओमान । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १० ओभरमा तीन विकेट गुमाएर ६० रन बनाएको छ ।
अहिले कप्तान रोहित पौडेल २७ र उपकप्तान दिपेन्द्र सिंह ऐरी ९ रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालका दुवै ओपनरहरु सस्तैमा आउट भएका थिए । कुशल भुर्तेल ६ रन बनाएर आउट हुँदा आरिफ शेखले ११ रन बनाए । कुशल मल्लले आजको खेलमा पनि सम्झन लायक ब्याटिङ गरेनन् । १० बल खेलेका मल्लले एक चौकासहित आठ रन बनाए ।
यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेल जित्दै विश्वकपको सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।
सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया