नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एसियन कपबाट बाहिरियो

काठमाडौँ। आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ । भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा आज भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरणमा नेपालको यो लगातार चौँथो हार हो ।
समूह एफअन्तर्गत भियतनामविरुद्धको आजको खेल नेपालमा आयोजना हुने भनिएकामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एसियन कप छनोट खेल खेलाउन सम्भव नभएकाले नेपाली टोलीले भियतनाममा गएर खेल्नुपरेको हो । आजको खेलमा नेपाल भियतनामसँग पराजित भएसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ ।
यसअघि भियतनामविरुद्धको ‘अवे’ खेलमा भने नेपाल ३–१ ले पराजित भएको थियो । त्यसअघि नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओससँग २–१ ले पराजित भएको थियो । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।
आजको खेलमा नेपालका सुमन श्रेष्ठले खेलको पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो । खेलको पाँचौँ मिनेटमा सुमनबाट आत्मघाती गोल भएको थियो । योसँगै चार खेल हारेको नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया