मंगलबार, मंसिर २, २०८२

ओलीले नेतृत्व छोडे एमालेसँग एकता हुनसक्छ : प्रचण्ड

मेरोन्यूज २०८२ असोज २९ गते १८:३२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको नेतृत्व नरहेमा एमालेसँग एकताको ढोका खुल्ने बताएका छन्।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए।

‘अबको माओवादीको लाइन भनेको चुनाव हो,’उनले भने,’ केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए। उनले भने,’ ‘अहिले मेरो जेन्जी युवाहरूसँग पनि छ्लफल भइरहेको छ । युवाहरूले माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ।’

प्रतिक्रिया