बुधबार, मंसिर ३, २०८२

मधेशको मुख्यमन्त्रीमा लोसपाका सोनल नियुक्त

मेरोन्यूज २०८२ असोज २९ गते १९:०९

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

लोसपाले विभिन्न ६ दलको समर्थनमा नयाँ सरकार गठनको लागि दाबी पेश गरेको थियो । सोनललाई जसपा नेपाल, माओवादी केन्द्र, जनमत, नेकपा एस र नागरिक उन्नमुक्ति पार्टीको समर्थन छ ।

प्रतिक्रिया