नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड

काठमाडौँ। नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस र डब्लुएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीलाई मङ्गलबार श्रीलङ्कामा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीका अनुसार कोलाम्बोमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठकमा उक्त अवार्ड प्रदान गरिएको थियो ।
नेपालको स्वास्थ्य क्षेत्रमा पु-याएको योगदानका लागि डब्लुचओको दक्षिण–पूर्वी एसिया क्षेत्रले उक्त जनस्वास्थ्य च्याम्पियन अवार्ड नेपालका महिला स्वास्थ्यस्वयंसेविकालाई प्रदान गरिएको जनाइएको छ । सो सम्मानले नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा पहुँच र जनस्वास्थ्य सुधारमा पु¥याएको योगदानको उच्च कदर गरेको सूचना अधिकारी केसीको भनाइ छ ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया