पदवहालीसँगै गृहमन्त्रीको निर्देशन– कोभिड नियन्त्रण गर्न सम्पूर्ण शक्ति लगाउनू
मेरोन्यूज
२०७८ वैशाख ३१ गते १७:५७

काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति कार्यालय शीलत निवासमा पद तथा गोपनियताको शपथ खाएपछि गृहमन्त्रालयमा पदवहाली गर्दै उनले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिएका हुन् । निधोषाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले कालो बजारी रोक्न सचेत गराए ।
मन्त्रालयमा उनलाई गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत कर्मचारीले स्वागत गरेका थिए ।




सम्बन्धित















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया