आज कात्तिक ५ गते बुधबारको राशिफल ,तपाइकाे आजकाे दिन कस्ताे रहला ?

काठमाडौं । आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक कृष्ण पक्षको प्रतिधा तिथि। तदनुसार सन् २०२५ अक्टोबर २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : घरपरिवारको साथमा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। यात्राका दौरान नयाँ मित्रहरू बन्नेछन्। घरपरिवारमा वरिष्ठ जनहरूको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
वृष : सहकर्मीहरूको सहयोगले कार्यमा प्रगति हुनेछ। मार्गदर्शनले अध्ययनको क्षेत्रमा मन लाग्नेछ। अरुलाई सल्लाह दिनेबाट बच्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : व्यवसायमा नयाँ योजनाहरूलाई गुप्त राख्ने प्रयास गर्नुहोला। मित्रको सहयोगले आत्मविश्वासमा वृद्धि हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : सामाजिक समारोहमा सम्मिलित भइनेछ। पारिवारिक तनावबाट मुक्ति मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
सिंह : समय अनुकूल रहनेछ। अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। व्यापारमा नयाँ टेक्निकल नविनीकरण गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कन्या : पारिवारिक सहयोगले मनोबल उच्च रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। विश्वास पात्रबाट धोखा पाइएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
तुला : स्वास्थ्य सबल रहनेछ। शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। सम्मानित कार्यले समाजमा प्रतिष्ठित भइनेछ। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक : अवसर हात लागे पनि लाभ लिन नसकिएला। खर्चमा वृद्धि हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
धनु : आर्थिक पक्ष सबल रहनेछ। नोकरीको प्रयासमा सफलता मिल्नेछ। पिताको सहयोगले अड्केको कार्य बन्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
मकर : आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा अधिकारीहरूबाट सहयोग पाइएला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : अध्ययनमा प्रगति हुनेछ। धर्मकर्ममा मन लाग्नेछ।भाग्यको साथ मिल्नाले नसोचेको कार्यसम्पादन हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
मीन :विरोधीहरूबाट झुठा आरोप लाग्न सक्छ सावधान रहनुहोस्। दाम्पत्य जीवनमा अरुको हस्तक्षेपले नकारात्मक वातावरणको सिर्जना हुनेछ। व्यापार व्यवसायलाई पारदर्शिता राख्नुहोस्।आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

















सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक : रास्वपाका १०४ उम्मेदवार विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
अमरेशलाई बधाई दिँदै गगनले भने- मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
प्रतिक्रिया