चलचित्र ‘वरिष्ठ बलराम’लाई दर्शकको साथ

काठमाडौँ। तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् ।
प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिए । अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री सम्वृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्नआएका दर्शकमाझ साक्षात्कार गर्दै चलचित्रको सवल र दुर्वल पक्षका बारेमा जानकारी लिइरहेको देखिन्थ्यो ।
अभिनेता बरालले भने,“टीकाको दिन भए पनि केही चलचित्र हल पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । हामीले एउटा सामाजिक विषयलाई समेटेर मनोरञ्जनात्मक चलचित्र तयार गरेका हौँ । दर्शकले पनि सोही किसिमको प्रतिक्रिया दिनुभयो, दशर्कबाट प्राप्त सुझावले हाम्रो टोलीलाई ऊर्जासहित हौसला मिलेको छ, चलचित्रको सुरुआति दिन राम्रो छ ।”
प्राकृतिक स्रोतको दोहन र समाजमा स्थापित एवं उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथालाई ‘माटो सुहाउँदो’ भन्दै दर्शक दीर्घाबाट मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिएको प्रतिक्रिया प्राप्त भएको अभिनेता बरालले बताए ।
रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता बराल र राईले उक्त चलचित्रमा समान्तर भूमिका निर्वाह गरेका छन् । यसअघिका चलचित्रमा भने अभिनेता राई मुख्य र बराल सहायक भूमिकामा देखिन्थ्यो ।
चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी (पिके) लगायत कलाकारले अभिनय गरेका छन्।
यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका हुन् ।













पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
मकवानपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
HoR Election; 53 days to go: Social networking
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया