आइतबार, फागुन २४, २०८२

आज कात्तिक ९ गते आइतबारको राशिफल, तपाईंको आजको दिन कति शुभ ?

मेरोन्यूज २०८२ कार्तिक ९ गते ६:१७

काठमाडौं । आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

Advertisement
nepal life insurencenepal life insurence

मेष : आफन्तहरूको सहयोगले चलिरहेको आपसी मतभेद सुल्झिनेछ। मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृष : साझेदारी व्यापारमा लाभ मिल्नेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तहरू मध्य कुरा राख्ने अनुकुल समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन : अध्ययनमा आइरहेको बाधा पन्छिनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट : दाम्पत्य जीवन सुमधुर रहनेछ। उद्योग कारोबारमा राम्रो अवसर हात पार्न सक्नुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

सिंह : कार्यक्षेत्रमा अधिकारीहरुको सहयोग मिल्नाले तनाव कम हुनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कन्या : विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। परिवारको मांगलिक कार्यक्रममा सहभागी भइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

तुला : सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। नयाँ लगानी लगाउनु भन्दा अघि अनुभवीजनहरूसँग परामर्श लिनुहोस्। भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक : कार्यक्षेत्रमा साहसिक कार्य गर्ने समय रहेको छ। आर्थिक स्थिति सुदृढ रहनेछ। विवादास्पद मामलाहरू सजिलै सम्पादन हुनेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु : वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस्। अनिन्द्राले आँखा दुख्ने समस्या देखिएको छ। नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

मकर : जीवनसाथीको भावनालाई सम्मान गर्नुहोस्। पायक स्थानमा यात्राका योग छन्। उपलब्धिको लागि केही प्रतीक्षा गर्नुपर्ला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ छ।

कुम्भ : जीवनसाथीको भावनालाई सम्मान गर्नुहोस्। पायक स्थानमा यात्राका योग छन्। उपलब्धिको लागि केही प्रतीक्षा गर्नुपर्ला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ छ।

मीन : पहिलाको सफलताले नयाँ कार्य गर्नमा हौसला जगाउनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। आम्दानी बढ्नाले नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

प्रतिक्रिया