होटलका कार्यकारी निर्देशकले भने- पुनःनिर्माणपछि ह्यात होटल यथाशीघ्र सञ्चालनमा आउँछ

काठमाडौँ। ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको ह्यात होटल पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आज विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । “जेनजीको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथिकक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्याङ्क्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ ।
त्यसयता होटल पूर्ण रूपमा बन्द छ । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने हाम्रो अनुमान छ”, विज्ञप्तिमा भनिएको छ । होटलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पु¥याउने गरी सञ्चालन हुने प्रतिबद्धता पनि जनाएको छ । होटल बन्द भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग हुने आश्वासन दिएका छन् ।













भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया