आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २७ तारिख। छठ पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : साहित्य र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष : व्यापार व्यवसायमा हतार गरेर निर्णय नलिनुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ नोकरीको लागि मार्ग प्रशस्त हुनेछ। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मिथुन : व्यापार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। दिगो योजना प्रारम्भ गर्नको लागि शुभचिन्तकहरूबाट सहयोग लिनुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सम्मान पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको
कर्कट : चिताएका कार्य समयमा सम्पादन हुनाले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह : सन्तानको प्रगतिले मन आनन्दित रहनेछ। संवेदनशील निर्णयहरूमा आफन्तहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : व्यापार विस्तारको लागि थप लगानी लगाउने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
तुला : शेयर बजारबाट लाभ प्राप्त होला। इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : घरपरिवारमा आफन्तहरूको जमघटले मन प्रशन्न रहनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ होला। नोकरी वा पेशामा हजुरको कार्यमा अरुले हस्तक्षेप गर्न सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
धनु : पराक्रम र धैर्यमा वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। सामाजिक जमघटमा आफूलाई चिनाउन सकिनेछ। व्यापारमा राम्रो फड्को मार्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
मकर : वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन। विद्यार्थीहरूको पठनपाठन भन्दा खेलकुदमा मन जानेछ। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धिको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ : प्रशासनिक क्षेत्रको काममा ढिला हुनाले काम समयमा सम्पादन नहोला। संवैधानिक पदको मर्यादा राख्नुहोस्। आफूभन्दा ठूला प्रति सम्मानको भावना राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन : कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। विवादित समस्याहरू सुल्झिनेछन्। पुराना कार्य सम्पादन हुनाले नयाँ कार्यप्रति जोश जागर जाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।









बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया