कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
मेरोन्यूज
२०७८ जेठ १ गते १०:०४

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।
उनकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा शनिबार विहान ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । कलेजोकाे समस्या समेत रहेकाे उनलाई केही दिन अघि काेराेना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति गच्छदारकी धर्मपत्नीकाे निधनप्रती दुख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधनको खवरले मर्माहित भएको छु। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै विजयजी लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
सम्बन्धित
















आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
प्रतिक्रिया